सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भ्याकुरे खोलाले बगाउँदा पत्नीको मृत्यु, पतिको उद्धार

सोमबार, १४ असोज २०८१, १२ : ४७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । रामेछापबाट काठमाडौँ हिँडेका दम्पतीलाई काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ स्थित भ्याकुरे खोलाले बगाएको छ । खोलाले बगाउँदा पत्नीको मृत्यु भएको छ भने पतिलाई प्रहरीले उद्धार गरेको छ ।

भ्याकुरे खोलाले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित डफ्खा घर भएकी ३५ वर्षीया अन्जु बस्नेत माझीको मृत्यु भएको छ । रोशीखोला स्थित माम्ती नजिकै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।

अञ्जुका पति शिवराम माझीलाई उद्धार गरेर हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पठाइएको छ । उनीहरू डफ्खास्थित नमुना बस्तीका स्थानीय हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप