‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा यो कार्यक्रममार्फत अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ ।
कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने जनाएको छ ।
आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।
ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका बाढी पीडितले भने– मेयर बालेनले वास्तै गरेनन्
-
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदङ्गा
-
माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरूले दश दिनको पारिश्रमिक दिने
-
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
-
एनपीएलको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिलाई
-
‘खर्च कम गर्न नयाँ नोट छापिएन, सफा नोटले काम चलाउनुपर्छ’