यी हुन् मिस यूनिभर्स कोरियाकी ८० वर्षिया प्रतिस्पर्धी
सोल । चोई सुन–ह्वा विश्वकै पहिलो मिस युनिभर्स प्रतियोगिता हुनुभन्दा ठ्याक्कै एक दशकअगाडि जन्मिएकी हुन् । मिस युनिभर्सको प्रतिस्पर्धामा सहभागी हुने सबैभन्दा बुढी प्रतिस्पर्धी बन्दैछिन् ८० वर्षकी चोई । यो महिनाको सुरुमा मिस युनिभर्स कोरियाको अन्तिम प्रतिस्पर्धीको रूपमा उनको नाम सार्वजनिक भएको थियो ।
सोमबार हुन गइरहेको प्रतिस्पर्धामा चोई अन्य ३१ जना प्रतिस्पर्धीसँग उपाधिका लागि भिड्नेछिन् । भाग्य राम्रो रहेछ र उपाधि चुमिन् भने उनले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्सको फाइनलमा दक्षिण कोरियाको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछिन् ।
‘८० वर्षकी महिला पनि यति स्वस्थ कसरी हुन्छिन् ?’ भनेर म विश्वलाई अचम्मित बनाउन चाहन्छु ।’ प्रतिस्पर्धा सुरु हुनुअघि सीएनएनसँग फोनमा कुराकानी गर्ने क्रममा उनले भनिन् । उमेर बढ्दै जाँदा तौल पनि बढ्दै जान्छ, बुढ्यौलीमा पनि स्वस्थ भएर कसरी बाँच्न सकिन्छ भनेर आफूले देखाउन चाहेको पनि उनले बताइन् ।
दशकौँसम्म मिस युनिभर्सका आयोजकहरूले उमेरमा कडा प्रतिबन्ध लगाएका थिए । प्रतिस्पर्धामा १८ देखि २८ वर्ष बिचका युवतीहरूलाई मात्रै सहभागी हुन दिइन्थ्यो । तर सन् २०२४ देखि प्रतिस्पर्धामा उमेर हद हटाइएको छ । गएको वर्ष आयोजकहरूले गर्भवती वा–आमा भइसकेका महिला वा विवाहिता माथिको प्रतिबन्ध पनि फुकाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक अपडेट : यस्तो छ देशभरका सडकको अवस्था
-
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो
-
मनसुनजन्य विपद् : राहत प्रभावकारी बनाउन गृह मन्त्रालयले खटायो ८ जना सहसचिव
-
सिधाकुरा प्रकरण : सर्वोच्चको फैसलाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई फरक पार्छ ?
-
मोरङमा तीन जना मृत फेला
-
बाढी पहिरोबाट थप ६ जिल्लाका ३३ विद्यालयमा क्षति