इरान समर्थित सशस्त्र समूहविरुद्ध इजरायलले व्यापक बनायो आक्रमण
आइतबार मात्रै लेबनानमा १०५ जनाको मृत्यु
सोमबार, १४ असोज २०८१, १२ : ०२

बेरुत । इजरायलले लेबनानमा इरान समर्थित सशस्त्र समूहविरुद्ध गरेको व्यापक आक्रमणमा परेर आइतबार अरू १०५ जनाको मृत्यु भएको छ ।
यी आक्रमणमा परेर अरू ३५९ जना घाइते भएको लेबनानी अधिकारीहरूले बताएका छन् । अहिले जारी लडाइँले देशभरबाट १० लाख मानिसहरू विस्थापित हुन बाध्य भएको लेबनानी प्रधानमन्त्रीले आइतबार भनेका थिए ।
आइतबार रातिको हवाई आक्रमणमा बेरुतको कोला जिल्लामा एउटा अपार्टमेन्ट भवनमा क्षति भएको थियो । इजरायलले मध्य बेरुतलाई नै निशाना बनाएर गरेको यो पहिलो आक्रमण भएको बताइएको छ ।
आइतबारै इजरायलले यमनमा इजरायल समर्थित सशस्त्र समूह हुथीहरुमाथि हवाई हमला सुरु गरेको छ । यस क्रममा हुदायदह बन्दरगाहमा कम्तीमा चार जनाको मृत्यु भएको र अरू २९ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य