सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

चितवनबाट काठमाडौँ हिँडेका नरेन्द्र खत्री शुक्रबारदेखि सम्पर्कविहीन

सोमबार, १४ असोज २०८१, १२ : ०२
सोमबार, १४ असोज २०८१

काठमाडौँ । चितवनबाट काठमाडौँका लागि हिँडेका दहचोकका एकजना सम्पर्कविहीन भएका छन् । शुक्रवार दिउँसो १ बजेतिर माइक्रोबसमा चढेर काठमाडौँ हिँडेका नरेन्द्र खत्री अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।

चन्द्रागिरि नगरपालिकास्थित दहचोक घर भएका खत्री हिमालयन डिस्टिलरीमा कार्यरत छन् । उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका भतिज दिनेश केसीले बताए ।

खत्रीले धादिङको सिम्ले आइपुगेको भनेर परिवारलाई खबर गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप