सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

धादिङका एसपी प्रहरी प्रधान कार्यालय तानिए

सोमबार, १४ असोज २०८१, ११ : ५७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धादिङका एसपी गौतम केसीलाई फिर्ता बोलाएको छ । धादिङमा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

मनसुन जन्य विपद्‌मा परेर धादिङमा ३५ जनाले ज्यान गुमाएका छन् ।  उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

धादिङमा कार्यरत प्रजिअ राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाएर सुमन घिमिरेलाई पठाउने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप