सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

ननुहाउने श्रीमानसँग श्रीमतीले मागिन् सम्बन्धविच्छेद

सोमबार, १४ असोज २०८१, ११ : ५२
सोमबार, १४ असोज २०८१

नयाँ दिल्ली । बिहेको ४० दिन नबित्दै भारतमा एक महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गराइदिन माग गरेकी छिन् । 

महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै उत्तर प्रदेशको आगराकी ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगिन् । श्रीमानले विरलै मात्रै नुहाउने अनि मैलो भइसक्दा पनि लुगा नफेर्ने महिलाको गुनासो थियो ।

श्रीमानको जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो भएको उनको भनाइ थियो । यही कारणले महिलाले ४० दिनअघि मात्रै बिहे भएको श्रीमानसँग सम्बन्ध विच्छेद मागिन् । यसबारे सोधपुछ गर्दा आफूले महिनामा एक दुई पटक मात्रै नुहाउने गरेको र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको परामर्श केन्द्रलाई महिलाको श्रीमान् बताए ।

बिहेको केही हप्तापछि नै दुईबिच सरसफाइलाई लिएर झगडा सुरु हुन थालेको थियो । केही सिप नलागेपछि महिला पतिको घर छाडेर माइत गइन् । लगत्तै महिलाको माइतीले दाइजोको नाममा प्रताडित गरेको भन्दै सम्बन्ध विच्छेदको माग गरे । आफूले बिहे गरेर गएको ४ दिनमा श्रीमानले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो ।

आफ्नी नयाँ बेहुलीले कर गरेको भएर श्रीमानले आफूले नुहाउने गरेको भन्दा केही बढी नै नुहाएका थिए । बेहुलीले ननुहाएकै विषयमा सम्बन्ध विच्छेद मागेपछि आफ्नो बानी सुधारेर दिनमा एक पटक नुहाउन समेत पुरुष तयार थिए । तर महिला उनीसँगको फर्किन तयार भइनन् । केही अघि वर्षमा एक पटक मात्रै नुहाएको भन्दै ताइवानी पुरुषले आफ्नो श्रीमतीसँगको सम्बन्ध विच्छेद गरेको खबर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप