टंकले गरे ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ नामबाट फिल्म दर्ता
सोमबार, १४ असोज २०८१, ११ : ४४
![टंकले गरे ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ नामबाट फिल्म दर्ता](https://npcdn.ratopati.com/media/news/975a400d-8207-4ab7-8610-26006e30c8dd_U6tVK66Ezi.jpg)
काठमाडौँ । गायक एवं सङ्गीतकार टंक बुढाथोकी आफ्नो हिट गीत ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । उनले आइतबार चलचित्र विकास बोर्डमा यो नामबाट फिल्म दर्ता गरेका हुन् ।
टंक आफैले निर्माण निर्देशन गर्न लागेको फिल्मको लक्ष्मी गिरी कार्यकारी निर्माता र विनय अधिकारी सह–निर्मातामा छन् ।
सामाजिक कथामा बन्ने फिल्मबाट बालगायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्ने भएका छन् । यसै फिल्मबाट अर्का व्यक्ति रमेश बिक नायकको रूपमा डेब्यु गर्दैछन् । फिल्मको नायिका भने छनौटको चरणमा रहेको निर्देशक बुढाथोकीले बताए ।
टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका हुन् । तिहार लगतै फिल्म छायाङ्कनमा जाने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि
-
१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा
-
जीमेल तथा सामाजिक सञ्जालमा तपाईंको पासवर्ड कति बलियो छ ? यी हुन् सबैभन्दा कमजोर पासवर्ड