क्यालिफोर्नियाका गभर्नरले रोके एआई सुरक्षा विधेयक

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूसमले ऐतिहासिक कृत्रिम बौद्धिकता (एआई) सुरक्षा विधेयक रोक्का गरेका छन् । प्रमुख प्रविधि कम्पनीहरूले यो विधेयकको कडा विरोध गर्दै आएका थिए ।
प्रस्तावित विधेयकले अमेरिकामा एआईको नियमनबारे पहिलो व्यवस्था गरेको थियो । विधेयकले नवप्रवर्तन रोक्ने र एआई विकासकर्ताहरूलाई राज्यबाट बाहिरिन बाध्य पार्ने न्यूसमको भनाइ छ ।
गभर्नरले भिटो लगाएपछि कम्पनीहरूले सरकारी निगरानी बगेरै अति शक्तिशाली प्रविधिको विकासलाई जारी राख्न सक्ने भएको भन्दै विधेयकका लेखक सिनेटर स्कट वेइनरले दुखेसो पोखेका छन् । विधेयकमा उन्नत खालको एआई मोडलको सुरक्षा परीक्षण हुनुपर्ने भनिएको थियो ।
निर्माताहरूले आफ्नो अति परिष्कृत प्रविधिमा ‘किल स्वीच’ छ भन्ने देखाउन बाध्य हुने थिए । किल स्वीच भयो भने कुनै खतरा उत्पन्न भयो भने सङ्गठनहरूले एआई प्रणाली बन्द गर्न सक्छन् । क्यालिफोनिर्यामा च्याटजीपीटी निर्माता ओपनएआई समेतका कयौैं परिष्कृत र ठुला एआई कम्पनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे