सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने

सोमबार, १४ असोज २०८१, ११ : १८
सोमबार, १४ असोज २०८१

नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने भएको छ । केन्द्रीय सूचना र प्रसारण मन्त्री अश्विनी वैष्णवले ट्विट गर्दै यसको घोषणा गरेका हुन् ।

‘मिथुन दाको फिल्मी यात्रा निकै अद्भुत रहेको छ र यसले हाम्रा पुस्तौँ पुस्तालाई प्रेरणा दिनेछ । दादा साहेब फाल्केको निर्णायक मण्डलले दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्त्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ ।’ वैष्णवले ट्विटमा भनेका छन् ।

मिथुन चक्रवर्तीलाई यो सम्मान अक्टोबर ८ मा हुन लागे ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा प्रदान गरिने छ । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप