साहसिक उद्दारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री लामाको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए ।
तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए। विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने