सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
यातायात

सोमबारसम्म २० प्रतिशत मात्रै टिकट बुकिङ

सोमबार, १४ असोज २०८१, ११ : ०७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । शनिबारदेखि खुला गरिएको दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार बिहानसम्म २० प्रतिशत मात्रै भएको छ । अनलाइन माध्यम र टिकट काउन्टरमै पुगेर करिब ४ लाखले टिकट बुकिङ गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

‘घटस्थापना सुरु हुन अब ३ दिन बाँकी छ । अघिल्ला वर्षहरूमा यतिबेला टिकट बुकिङ सकिएर नपाइने समस्या हुन्थ्यो,’ उनले भने, तर अहिले  जम्मा २० प्रतिशत मात्रै टिकट बुकिङ भएको छ ।’  गत वर्षको तुलनामा यो वर्ष धेरै कम टिकट बुकिङ भएको उनले बताए । अघिल्लो वर्ष यो अवधिमा झन्डै शतप्रतिशत नै टिकट बुक भइसकेको उनको भनाइ छ । 

‘बाढी पहिरोका कारण धेरै मानिसहरू त्रसित छन् । अहिले धेरैजसो राजमार्गहरू सञ्चालनमा पनि आएका छैनन्,’ सिटौलाले भने, ‘बाटो बन्दैन कि भन्ने त्रासले टिकट काट्न छाडेका छन् ।’  यस्तै उनले चाडपर्वको मुखमा बाढी पहिरोले बाटो बन्द हुँदा यातायात व्यवसाय धरासी बनेको र सरकारले तत्काल बाटो मर्मत गरी यातायात सञ्चालन गर्न सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप