विपद् जोखिम प्राधिकरण बैठक
खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय
सोमबार, १४ असोज २०८१, ११ : ०१

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपद्मा परेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा बसेको बैठकले बेपत्ताहरूको खोजी र उद्धारलाई तीव्रता दिने निर्णय गरेको हो ।
राहत वितरणलाई पनि तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । मनसुनजन्य प्रकोपका कारण बेपत्ता भएकाहरू १० दिनसम्म नभेटिएमा मृतकका परिवार समान राहत दिने निर्णय भएको सहसचिव तिवारीले बताए । अस्थायी आवास निर्माण गर्न प्रभावितहरूलाई ७ दिनभित्र अनुदान रकमको पहिलो किस्ता दिने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने