फिल्मसम्बन्धी कार्यक्रमका लागि चलचित्र विकास बोर्डले निःशुल्क हल दिने
सोमबार, १४ असोज २०८१, १० : २२
_6xUAbdCf8F.jpg)
काठमाडौँ । चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रेस मिट, गीत रिलिज र ट्रेलर रिलिजका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको छ । फिल्मको कार्यक्रमका लागि बोर्डले प्रति कार्यक्रम २ घण्टा निःशुल्क हल उपलब्ध गराउने भएको छ ।
चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले बोर्ड अध्यक्षमा दिनेश डिसी आएपछि फिल्मको कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने निर्णय भएको बताए ।
‘विकास बोर्ड फिल्मको विकास बिस्तारका लागि गठित संस्था हो’, उनले भने ‘फिल्मको कार्यक्रममा बोर्ड हल दिनु हाम्रो पनि दाइत्व हो ।’ बोर्डको हल २ घण्टा भन्दा बढी प्रयोग भएमा भने नियम अनुसार शुल्क तिर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)