सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

सोमबार, १४ असोज २०८१, १० : ०७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

प्रतियोगिताका लागि रग्बी संघले महिला र पुरुष टोलीको घोषणा गरेको जानकारी संघका महासचिव गोविन्द घिमिरेले दिए । घोषित टोलीमा महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा र विशाका मार्किन राई रहेका छन् ।

रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापा मगर, कमला राई र सिर्जना राईले पनि महिला टोलीमा स्थान पाएका छन् । संगीता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

यसैगरी, पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी वैकल्पिकमा छन् ।

प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो । प्रतियोगिताका लागि नेपाली महिला र पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप