समाचार
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
सोमबार, १४ असोज २०८१, ०९ : ५२
_IIH0bgm559.jpg)
मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ । शनिबार सिस्नेरीस्थित टेकरमा पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा हेटौँडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन्। उनीहरूको शव हेलिकप्टरबाट हेटौँडा स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । हेटौँडाको हुप्रा चउरमा तीनवटै शव राखेर श्रद्धाञ्जली सभा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण