यो सिजन गोल नखाने एक्लो टोली
सोमबार, १४ असोज २०८१, ०८ : ३९

टुरिन । युभेन्टस यो सिजन युरोपका १६ घरेलु लिगमा हालसम्म एउटा पनि गोल नखाने एक्लो टोली बनेको छ । शनिबार टोलीले जेनोआलाई ३–० गोलले हराएको थियो ।
थियागो मोटाको टोलीले हालसम्म ९ वटा गोल गरेको छ भने सुरुवाती ६ खेलमा टोलीविरुद्ध कसैले पनि गोल गर्न सकेको छैन ।
अहिलेसम्म टोलीको डिफेन्स लाइन सुनिश्चित नभए पनि टोलीले उत्कृष्ट रेकर्ड राख्न सफल भएको छ । टोलीका दुई गोलकिपर र आठ डिफेन्डर सबैले कम्तीमा एक खेल खेलेका छन् ।
युभेन्टसविरुद्ध पछिल्लोपटक गोल गर्ने टोली बोलोग्ना हो । टोलीले मेमा गोल खाएको थियो ।
टोलीले हालसम्म ३ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ । टोली १२ अङ्कसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ