सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउन ‘ड्रागन’ आईएसएस पुग्यो
सोमबार, १४ असोज २०८१, ०८ : ०५

वासिङ्टन डिसी । इन्टरनेसनल स्पेस स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्रागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको हो।
यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकि दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कनेछन्। अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउनेछन्।
यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म अन्तरिक्षमा गएका यी दुई अन्तरिक्ष यात्री विमानमा खराबीका कारण पृथ्वीमा फर्कन सकेका थिएनन् ।
अब सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरीमा स्वदेश ल्याउने योजना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल
-
गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
-
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
-
सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत
-
राजाकै कारण हिन्दु सनातनी कमजोर