सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सलमानमाथि विवेकको व्यङ्ग्य

सोमबार, १४ असोज २०८१, ०७ : ०७
सोमबार, १४ असोज २०८१

मुम्बई । भर्खरै आयोजित आईफा अवार्ड २०२४ का क्रममा विवेक ओबेरोयको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी शाहरुख खानको तारिफ गरिरहेका छन् । तर, स्टेजमा दिएको उनको बयानलाई सलमान खानसँग जोडिएको छ । विवेकले उनको नाम नलिईकन सलमानलाई निशाना बनाएको फ्यानहरूको बुझाइ छ ।

भाइरल भइरहेको भिडियोमा विवेक ओबेरोय शाहरुख खानसँग स्टेजमा देखिएका छन् । यसै क्रममा शाहरुखको तारिफ गर्दै विवेकले भनेका छन्, ‘यी मान्छे, म साँचो भन्दैछु, उहाँ अनस्क्रिनका राजा मात्रै होइन अफ स्क्रिनका पनि मुटुका राजा हुन् । धेरै मानिसहरूसँग ख्याति र शक्ति छ, तर तपाईंको बारेमा सबैभन्दा विशेष कुरा यो हो कि तपाईंले मानिसहरूलाई अगाडि लैजान आफ्नो शक्ति प्रयोग गर्नुभयो।’

विवेकको तारिफ सुनेर शाहरुख खानले भावुक हुँदै भने, ‘अब धेरै भन्यौ भने यो अवार्ड म आफैँ राख्छु ।’ 

भिडियो सार्वजनिक भएदेखि नै विवेकले कसैको नाम नलिईकन सलमान खानलाई निशाना बनाएको सोसल मिडिया प्रयोगकर्ताहरूले विश्वास गरेका छन् । किनभने विवेकले कयौँ पटक दाबी गरिसकेका छन् कि सलमान खानले आफ्नो शक्ति दुरुपयोग गरेर उनलाई धेरै फिल्मबाट निकालेका थिए, जसका कारण उनको करियर ध्वस्त भएको थियो ।

सलमान खानसँग ब्रेकअप भएपछि ऐश्वर्या रायको नाम विवेक ओबेरोयसँग जोडिएको थियो । यसै क्रममा विवेकले पत्रकार सम्मेलनमा सलमानले उनलाई लगातार धम्की दिइरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप