सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बालीको प्रकोप तथा खाद्य पदार्थहरूको स्वच्छताको जोखिम न्यूनीकरण गर्न आग्रह

सोमबार, १४ असोज २०८१, ०६ : ५४
सोमबार, १४ असोज २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोग कीराहरूको प्रकोप नियन्त्रण तथा खाद्य पदार्थहरूको स्वच्छता सम्बन्धी जोखिमहरूको न्यूनीकरणका लागि सम्पूर्ण निकायलाई आग्रह गरेको छ । 

बाढी, पहिरोका कारणले बालीनाली तथा पशुपन्छीहरूमा देखिन सक्ने रोग कीराहरूको प्रकोप नियन्त्रण गर्न तथा खाद्य पदार्थहरूको स्वच्छता सम्बन्धी जोखिमहरूको न्यूनीकरणका लागि मन्त्रालय मातहतका कृषि, पशुसेवा र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागसँग आवश्यक समन्वय तथा सहकार्यका लागि अनुरोध गरेको हो ।

विपद्का कारण बालीनाली, पशुपन्छी र कृषिउपजहरुमा भएको क्षतिसम्बन्धी विवरण सङ्कलन गर्न प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालयहरूलाई पत्राचार गरिएकाले सम्बन्धित जिल्लाका स्थानीय तहहरूले आवश्यक विवरण सङ्कलन गरी प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालय मातहतको जिल्लास्थित कार्यालयमा क्षति सम्बन्धी विवरण उपलब्ध गराउन अपिल समेत गरेको छ ।

यस्तै, विपद्का कारण कृषकहरूको बालीनाली, पशुपन्छी, खाद्यान्न, बीउविजन, गोठ/खोर लगायतका संरचनामा भएको क्षतिको यकिन गर्न आवश्यकता अनुसार कृषकहरूलाई प्राविधिक सल्लाह सुझाव उपलब्ध गराउन, खोप, औषधि लगायतका पशु स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न, कृषिउपजको ढुवानी तथा बजारमा सहज उपलब्धताका लागि सहजीकरण गर्न तथा बजार अनुगमन लगायतका कार्यहरू तीव्रताका साथ अघि बढाउन मन्त्रालयबाट मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिइएको जनाइएको छ ।

साथै प्रदेशस्थित कृषि क्षेत्र हेर्ने मन्त्रालय एवं मातहतका निकायहरू र सम्बन्धित स्थानीय तहका कृषि विकास / पशुसेवा शाखाहरूबाट भइरहेका प्राविधिक सेवा प्रवाह, राहत तथा व्यवस्थापनका कार्यमा आवश्यक पर्ने प्राविधिक तथा व्यवस्थापकीय सहकार्यका लागि यस मन्त्रालय तथा मातहतका निकायसँग आवश्यकता अनुसार समन्वयका लागि मन्त्रालयको अनुरोध छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप