नेपाली मूलका कलाकार अमेरिकामा चित्रकला प्रतियोगितामा प्रथम
सोमबार, १४ असोज २०८१, ०६ : ४९

वासिङ्टन डिसी । डेढ दशकभन्दा अगाडिदेखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी चित्रकला प्रतियोगिता प्रथम भएका छन् । ४० जना सहभागी भर्जिनियाको फलोएड काउन्टीमा आयोजित चित्रकला प्रतियोगितामा उनले बाजी मारेका हुन् ।
उनी उक्त प्रतियोगितामा भाग लिने नेपाली मूलबाट एक्लो थिए । ललितपुरको जावलाखेल घर भई भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले विगतमा पनि थुप्रै पुरस्कारहरू हात पारेका छन् ।
प्रथम भएसँगै उनको तस्बिर सहित त्यहाँ कै चर्चित प्लेन एयर म्यागजिन(पत्रिका)मा प्रकाशित हुने भएको छ । उनी हाल भर्जिनियाको ग्रेट फल्स र फल्स चर्च सहरहरूमा चित्रकला (आर्ट्स )सिकाउँछन् । उनी सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेसामा संलग्न भएका थिए l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्मार्टफोन र कम्प्युटरलाई करबाट छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै