सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

स्पेनिस लालिगा फुटबल : एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडे

सोमबार, १४ असोज २०८१, ०३ : २४
सोमबार, १४ असोज २०८१

काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडेका छन् ।

मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औँ मिनेटमा गोल गरेका थिए । तर अतिरिक्त समयमा एथ्लेटिकोका लागि एन्जले कोरेयाले जवाफी गोल फर्काए ।

रियल ५ खेलमा चार जित निकाल्दै अंक तालिकामा तेस्रो स्थानमा छ । एथ्लेटिको ५ खेलमा तीन जितसहित चौथो स्थानमा छ । लिगअन्तर्गत आइतबार भएका खेलमा बिलबाओ र सेल्भिला तथा सेल्टा भिगो र जिरोनाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए भने बेटिसविरुद्ध स्प्यानोलले १-० को जित निकालेको थियो ।

बेटिसका लागि जियोभानी लो सेल्सोले ८५ औँ मिनेटमा गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप