सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडविरुद्ध टोटनह्यामको शानदार जित

सोमबार, १४ असोज २०८१, ०४ : ००
सोमबार, १४ असोज २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत टोटनह्यामले म्यानचेष्टर युनाइटेडविरुद्ध शानदार जित निकालेको छ । 

आइतबार म्यानचेष्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा टोटनह्यामले ३-० गोलको जित हासिल गरेको हो । टोटनह्यामका लागि खेलको तेस्रो मिनेटमै ब्रेनन जोनसनले गोल गर्दै अग्रता दिलाए ।

४७ औँ मिनेटमा डेजन कुलुजेस्कीले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको ७७ औँ मिनेटमा डोमिनिक सोलङ्केले तेस्रो गोल गरे । पाँच खेलमा तीन जित निकाल्दै टोटनह्याम १० अंकका साथ अंक तालिकामा आठौँ स्थानमा छ भने पाँच खेलमा एक खेलमात्रै जितेको म्यानचेष्टर युनाइटेड १२ औँ स्थानमा रहेको छ । 

आइतबारै भएको अर्को खेलमा इप्सवीच र अष्टन भिल्लाले बराबरी खेलेका छन् । पोर्टमान मैदानमा भएको खेलमा इप्सवीच र अष्टन भिल्लाले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

इप्सवीचका लाइम डेलापले ८ औँ मिनेटमै गोल गर्दै अग्रता बनाएका थिए । तर अष्टन भिल्लाले १५ औँ मिनेटमा जवाफी गोल फर्कायो ।

३२ औँ मनिटमा २-१ को अन्तर बनाएको थियो । अष्टनका लागि मोर्गन रोगर्सले पहिलो गोल गरेका थिए भने अली वाटकिनाले दोस्रो गोल गरेका थिए ।

इप्सवीचले ७२ औँ मिनेटमा अर्को गोल फर्कायो । तर खेलमा निर्णायक गोल गर्न सकेन । त्यसपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो ।

तीन खेल जित्दै अंक तालिकामा ५ औँ नम्बरमा रहेको अष्टन भिल्ला १५ औँ नम्बरमा रहेको इप्सवीचसँग रोकिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप