सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

चिया सिड्स दिनहुँ खानुहुन्छ ? हुन सक्छन् यस्ता क्षति

सोमबार, १४ असोज २०८१, ०३ : ४५
सोमबार, १४ असोज २०८१

काठमाडौं । चिया सिड्सको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसबाट हामी धेरै खालका स्वास्थ्य लाभहरू लिन सक्छौं । यसमा फाइबर, प्रोटिन, भिटामिन, खनिज र अन्य आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

धेरै पोषक तत्व र स्वास्थ्य लाभहरू पाइने भएकोले धेरैले यसलाई सुपरफूड पनि भन्दछन् । तर कुनै चीजको धेरै खपतले हाम्रो स्वास्थ्यलाई राम्रो गर्नुभन्दा हानी पुर्याउँछ भन्ने त हामी सबैलाई थाहा नै छ । चिया सिड्स पनि त्यस्तै हो । यसको अत्यधिक मात्रामा सेवन गर्दा शरीरमा धेरै साइड इफेक्ट हुन सक्छ । 

चिया सिड्सको धेरै उपभोग गर्दा औषधिसँग प्रतिक्रिया हुन सक्छ र एलर्जी, संक्रमण वा रोगहरूको जोखिम पनि बढाउन सक्छ । आजको यस लेखमा हामीहरू चिया सिड्स धेरै मात्रामा खाँदा हुन सक्ने क्षतिबारे कुराकानी गर्न गइरहेका छौं ।

एलर्जी

चिया सिड्सको धेरै सेवन गर्दा एलर्जी उत्पन्न हुन सक्छ । केही मान्छेलाई यसको अत्यधिक सेवनका कारण बान्ता हुने, पखाला लाग्ने, ओठ वा जिब्रो चिलाउने, छालामा दाग आउने, आँखाबाट पानी आउने र सास फेर्न समस्या जस्ता लक्षणहरू देखिन सक्छ ।

पाचन

एकै पटकमा धेरै मात्रामा चिया सिड्स खाने व्यक्तिहरूलाई पाचन समस्या हुने खतरा बढी छ । तरल पदार्थलाई अवशोषित गरेर यो फल्न थाल्छ जसले गर्दा पेट फुल्नेलगायत समस्या आउन सक्छ ।

सास फेर्न गाह्रो हुने

धेरै मात्रामा चिया सिड्स खाँदा सास फेर्न गाह्रो हुन सक्छ । त्यसैले कम मात्रामा मात्रै चिया सिड्स खानु होला । निल्न गाह्रो हुन्छ भने त तपाईलाई झन् बढी सावधानी अपनाउननुपर्छ ।

क्यान्सरको जोखिम

क्यान्सर एपिडेमियोलोजी, बायोमार्कर एन्ड प्रिभेन्सन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, चिया सीडमा प्रचुर मात्रामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । यसलाई अल्फा–लिनोलेनिक एसिड (एएलए) पनि भनिन्छ । यो क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको अध्ययनमा पाइएको थियो ।

रगत पातलो हुनु

धेरै चिया सिड्स खानुको अर्काे साइड इफेक्ट भनेको यसमा रगतलाई पातलो पार्ने गुण हुन्छ । यसले रगत जम्ने प्रक्रियालाई सुस्त बनाउन सक्छ । तपाईंले रगत पातलो पार्ने औषधिको सेवन गरिरहनुभएको व्यक्ति हुनुहुन्छ वा रगतसम्बन्धी विकारबाट पीडित हुनुहुन्छ भने आफ्नो नियमित आहारमा चियाको दाना समावेश गर्ने बेलामा विशेष ध्यान दिन पर्छ ।

(अस्वीकरण (Disclaimer): यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप