सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् जिरा पानी सेवनका फाइदाहरू

सोमबार, १४ असोज २०८१, ०३ : ४५
सोमबार, १४ असोज २०८१

काठमाडौं । हरेक नेपालीहरूको भान्सा भान्सामा मसलादानीमा अनेक खालका मसला राखिएको हुन्छ । हरेक मसलाको आफ्नै बेग्लै महत्व र स्वाद हुन्छ । यी मसलाहरू खानाको स्वाद बढाउन त उपयोगी छन् नि स्वास्थ्यका लागि पनि लाभदायक छन् । 

आजको यस लेखमा हामीहरू यस्तै एउटा मसलाबारे चर्चा गर्नेछौं जुन तपाईको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

जिरा हामी सबैको भान्सामा हुन्छ । तरकारीमा मिसाउँदा जिराले स्वाद त बढाउँछ नै स्वास्थ्यका लागि पनि यो उत्तिकै फाइदाजनक मानिन्छ । जिरा भिजाएर राखेको पानी पिउनाले धेरै रोगबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । जानिराखौं जिरा पानी पिउँदाका फाइदाहरू ।

खाली पेटमा जिराको पानी पिउनुका अनगिन्ती फाइदाहरू छन् । जिरामा केहि यस्ता तत्वहरू पाइन्छ जसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । पाचन प्रणालीको हाम्रो शरीरमा विशेष भूमिका हुन्छ । पाचन प्रणाली बलियो छ भने शरीरलाई धेरै रोगबाट बचाउन सकिन्छ ।

यसबाहेक पनि आजको समयमा मानिसको जीवनशैली र खानपानको बानी यस्तो भएको छ कि मानिसहरु प्रायः ब्लोटिङ्गको समस्याबाट ग्रस्त हुन्छन् । यसमा जिराको पानी निकै फाइदाजनक हुन्छ । यसले मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्न पनि मद्दत गर्छ । मेटाबोलिजमलाई स्वस्थ राख्नुका साथै यसले मोटोपना घटाउन पनि काम गर्छ । यसका साथसाथै यसले दिनभर हामीलाई ऊर्जावान राख्छ ।

जिराको पानी आफैमा निकै फाइदाजनक हुन्छ तर धनिया, अजवाइन र सौंफ मिसाएर सेवन गर्दाको फाइदा चमत्कारी हुन्छ । बिहान उठ्ने बित्तिकै चिया र कफी पिउनेहरूका लागि जिराको पानी राम्रो विकल्प हुन सक्छ । बिहान उठ्ने बित्तिकै चिया र कफी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको सेवनले शरीरमा एसिडको मात्रा बढाउँछ । 

जिरामा उच्च फाइबरको साथमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले व्यक्तिलाई स्वस्थ राख्न मद्दत गर्दछ । खाली पेटमा जिराको पानी पिउनाले रक्तसञ्चारलाई ठीक राख्न मद्दत गर्छ । यसले शरीरमा इन्सुलिनको स्तर कायम राख्न पनि काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप