सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

आफ्नो 'कमिक' कलेक्शन फ्याँकिदिएपछि आमाविरुद्ध छोराले हाले मुद्दा

सोमबार, १४ असोज २०८१, ०० : २८
सोमबार, १४ असोज २०८१

ताइपेई । ताइवानमा एक जना २० वर्षीय युवकले आफ्नी आमामाथि मुद्दा हालेका छन् । आफूले बल्लतल्ल जम्मा पारेर राखेको माङ्गा कमिकको कलेक्शन फ्याँकेपछि युवकले आफ्नी वृद्ध आमामाथि मुद्दा हालेका हुन् । 

यो घटना ताइवानको चियायी शहरको हो । ६४ वर्षीया महिला आफ्नो छोरासँगै बस्थिन् । कमिक जम्मा पारेर राख्ने छोराको बानीदेखि आमा आजित भइसकेकी थिइन् । छोरालाई सोध्दै नसोधि फ्याँकिदिइन् । घर आएर हेर्दा आफ्नो कलेक्शन बेपत्ता देखेर छोरा अति नै रिसाए अनि प्रहरीलाई फोन गरेर बोलाए । 

यतिले पनि चित्त नबुझेर उनले स्थानीय प्रहरी थानामा आमाविरुद्ध ऊजुरी गरे । अनि अनुमति बिना आफ्नो व्यत्तिगत सम्पत्ति नष्ट गरेको भन्दै आमाविरुद्ध मुद्दा हाले । ‘अट्याक अन टाइटान’ निकै लोकप्रिय माङ्गा कमिक भएको र अर्को भेट्टाउन मुश्किल पर्ने तर्क अदालतमा युवकले गरेका थिए । केही त किन्न समेत नपाइने उनको भनाइ थियो ।

केही माङ्गा ओसिएको र धेरै ठाउँ खाएकोले आफूले फ्याकिदिएको किशोरको आमाको तर्क थियो । आमा छोरासँग मेलमिलाप गर्न चाहन्थिन् तर छोरा चाँहि केही सुन्ने पक्षमै थिएनन् । यो घटना यही वर्ष फेब्रुअरीमा भएको हो । 

चियायी जिल्ला अदालतले हालै यस विषयमा फैसला सुनाएको छ । अदालतले छोराको सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै वृद्धालाई ५ हजार ताइवानी डलर तिर्न आदेश दिएको छ । महिलाले छोराको सम्पत्तिको अधिकारको सम्मान गर्न नसक्नु अनुचित भएको अदालतको ठहर थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप