सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मर्ज भए भायकम १८ र डिज्नी मर्जन, सरकारद्वारा अनुमोदन

सोमबार, १४ असोज २०८१, ०० : ०९
सोमबार, १४ असोज २०८१

नयाँ दिल्ली । भारत सरकारले खर्बपति व्यापार मुकेश अम्बानीको व्यापारिक समूह रिलायन्स इन्डस्ट्रीजद्वारा सञ्चालित मिडिया भायकम १८ लाई स्टार इन्डियासँग गरिएको मर्जिङ अनुमोदन गरेको छ । यससँगै भायकम १८ अब स्टार इन्डियासँग मर्ज भएको छ । 

सूचना र प्रसारण मन्त्रालयले सेप्टेम्बर २७ मा यसलाई अनुमोदन गरेको थियो । सरकारी आदेशमा यो मर्जर भारतीय प्रतिस्पर्धा आयोगले तोकेको शर्तमा हुने उल्लेख गरिएको छ । अगस्ट ३० मा एनसीएलटीले रिलायन्स इन्डस्ट्रिजको भायकम १८ लाई स्टार इन्डियामा बिलयको लागि मञ्जुरी दिएको थियो । 

मर्जरपछि बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो मिडिया कम्पनी बन्नेछ । यसको मूल्य ७ खर्ब भारु भन्दा धेरैको हुनेछ । भायकम १९ रिलायन्स समूहको हिस्सा हो । स्टार इन्डिया द वाल्ट डिज्नी कम्पनीको स्वामित्वमा छ । 

मर्जरपछि बन्ने कम्पनीमा मुकेशको कम्पनीको ६३ दशमलव १६ प्रतिशत हिस्सा हुनेछ । बाँकी ३६ दशमलव ८४ प्रतिशत हिस्सा वाल्ट डिज्नीको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप