सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक ‘टि ट्वान्टी सिरिज’

नेपालद्वारा ओमानलाई एक सय ७७ रनको चुनौती

आइतबार, १३ असोज २०८१, २३ : ५०
आइतबार, १३ असोज २०८१

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक ‘टि ट्वान्टी सिरिज’ क्रिकेटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले एक सय ७६ रनको योगफल बनाएको छ । 

क्यानडाको किङ सिटीमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको हो । यससँगै ओमानले जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको छ । 

नेपालको लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाएका हुन् । आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए । 

आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए भने अनिलले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे । त्यस्तै, कुशल भुर्तेलले २० रन बनाए भने कप्तान रोहित पौडेल दुई रनमा आउट भए । 

बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो ।

ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप