अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा : भौतिक पूर्वाधारमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउने काम मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताए ।
पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रिज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरी आवागमन सहज बनाउन सडक विभागमार्फत काम अघि बढाइएको उनले बताए ।
मन्त्री दाहालले बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्वसांसद विशाल भट्टराईलगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गरेका थिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउन देशैभरका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको जानकारी गराएका थिए ।
त्यस्तै, सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरुसँग समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरिरहेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
-
कालीगण्डकी करिडोर : गैँडाकोट–मालढुंगा सडकलाई बजेट अभाव
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची