सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

दसैँ बोनस रोक्न सांसद प्रभु साहको माग

आइतबार, १३ असोज २०८१, २३ : २२
आइतबार, १३ असोज २०८१

काठमाडौं ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दसैँको नाममा दिइने बोनस रोकेर बाढीपहिरो पीडितलाई वितरण गर्न माग गरेका छन् । 

सिंहदरबारमा स्थित आजपाको संसदीय दलको कार्यालयमा पत्रकारसंग कुराकानी गर्दै उनले बाढीपहिरो पीडितलाई तत्काल बस्ने, खाने बिषयमा ध्यान दिनुपर्ने भए पनि सरकार उद्धार गर्नमा समेत असफल भएको टिप्पणी गरे । पूर्वसूचना हुँदाहुदै पनि सरकारले पीडितको उद्धारमा ध्यान नदिदा सयौं नागरिकले ज्यान गुमाएको भन्दै  उनले सरकार पूर्णरुपमा असफल भएको जिकिर गरे । 

सरकारले देशैभरीका कर्मचारीका साथै सांसद र नेतालगायतलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने उनले सुझाव दिएका छन् ।  

‘हिजोको दिनमा राजाले धर्मको नाममा पैसा बाडेर धर्मको प्रचारप्रसार गर्ने गरेका थिए । तर धर्म निरपेक्षता गणतन्त्रमा पनि कम्युनिष्ट सरकारले चाडपर्वको नाममा खर्च गर्नु आवश्यक छैन्’ साहले भने, ‘ब्रह्मबाबको पुजा हुँदा, दुर्गाभवानीको पुजा गर्दा होस वा बोलबम कवरिया लगायतका पुजा एवं चाडपर्वमा सर्वसधारणले चन्दा उठाएर धुमधामका साथ पुजापाठ गर्छन् । गणतन्त्रमा कम्युनिष्ट सरकारले बाढीपहिरो पीडितलाई उद्धार गर्न सक्दैन तर अर्बौरकम चाडपर्वको नाममा अतिरिक्त तलबभत्ता वितरण गर्दा यो सरकारबाट सर्वसधारण नागरिकले के आश गर्ने ?’ 

बाढीपहिरो पीडितको उद्धार गर्न असफल भएको सरकारले उनीहरुको व्यवस्थापन गर्नमा समेत असफल देखिएकाले कुर्सीमा एक मिनेट पनि बस्ने नैतिक अधिकार नभएकाले राजीनामा गर्न उनले सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप