सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सुत्नुअघि गर्नुस् यी काम, एकै छिनमा भुसुक्क निदाउनु हुनेछ

आइतबार, १३ असोज २०८१, २३ : ०५
आइतबार, १३ असोज २०८१

काठमाडौं । राम्रो निद्रा स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण छ । व्यस्त जीवनशैली र बढ्दो तनावका कारण निद्रा नलाग्ने समस्या भोग्नेहरू धेरै छन् । कामको दबाब, डिजिटल डिभाइसको अत्याधिक प्रयोग र दिनभरको थकानका बाबजुद पनि कहिलेकाहीँ राती निदाउन गाह्रो हुन्छ । 

मोबाइल, कम्प्यूटर र अनियमित दिनचर्याका कारण मानिसहरू रातिको समयमा समयमा सुत्न पाउँदैनन् । जसले गर्दा शरीर र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । तर सुत्नुअघि दुईवटा काम गर्ने हो भने छिट्टै निन्द्रा लाग्न थाल्छ । र निद्राको गुणस्तर पनि राम्रो हुन्छ । निद्राका लागि राति सुत्नु अघि गर्नै पर्ने ती कामहरू के के हुन् त ? आजको लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौं ।

गहिरो सास लिने

ध्यान मनलाई शान्त पार्ने र मानसिक शान्ति दिने अभ्यास हो । सुत्नु अघि ध्यान गर्नाले दिमाग दिनभरको थकान र तनावबाट मुक्त हुन्छ । ध्यानले मस्तिष्कका स्नायुहरूलाई आराम दिन्छ, जसले छिटो निदाउन मद्दत गर्छ । गहिरो सास फेर्नु हाम्रो शरीर र दिमागलाई आराम दिने प्राकृतिक तरिका हो । यो प्रविधिले शरीरमा अक्सिजनको आपूर्ति बढाउँछ र दिमागलाई शान्त बनाउँछ । जसले गर्दा तनाव र चिन्ता हटाउँछ । ध्यानको प्रक्रिया धेरै सरल छः

– एउटा शान्त ठाउँमा बस्नुस् वा सुत्नुस् ।

– आफ्नो आँखा बन्द गर्नुस्, अनि सुस्त गतिमा गहिरो सास लिनुस् ।

– नाकबाट बिस्तारै गहिरो सास लिनुस् र आफ्नो पेटमा हावा भर्नुस् ।

–आफ्नो सासमा ध्यान केन्द्रित गर्नुस् र आफ्नो विचार शान्त गर्ने प्रयास गर्नुस् ।

– यदि ध्यानको क्रममा मन अनि मस्तिष्कमा विचारहरू आइरहेका छन् भने पनि यसलाई वेवास्ता गरेर ध्यान जति सासमै केन्द्रित गर्नुस् ।

– यो प्रक्रियालाई कम्तिमा ५ देखि १० मिनेटसम्म अपनाउनुस् ।

ध्यानले निद्रामा त सुधार ल्याउँछ नै दिमागलाई पनि शान्त पारेर तनावबाट मुक्ति गर्छ । अनिद्राबाट पीडित व्यक्तिहरूको लागि यो  धेरै लाभदायक छ ।


डिजिटल यन्त्रहरूबाट दूरी

आजकल मानिसहरू सुत्नु भन्दा पहिले मोबाइल वा कम्प्यूटरमा समय बिताउँछन् । यसले उनीहरुको निद्रामा नराम्रो असर पार्छ । मोबाइल र ल्यापटपको निलो प्रकाशले मस्तिष्कलाई जागृत गराउँछ, जसले निद्रा लगाउन मद्दत गर्ने मेलाटोनिन हर्मोनको मात्रा घटाउँछ । सुत्नुअघि डिजिटल उपकरणहरू टाढा राख्नु धेरै महत्त्वपूर्ण छ । सुत्नुभन्दा कम्तीमा ३० मिनेटअघि आफ्नो मोबाइल, ल्यापटप वा टिभी बन्द गर्नुस् र किताब पढ्ने, हलुका संगीत सुन्ने वा कसैसँग कुरा गर्ने जस्ता अन्य क्रियाकलापमा संलग्न हुनुस् । यसले तपाईको आँखा र दिमाग दुबैलाई आराम दिनेछ र तपाई सजिलै निदाउनुहुनेछ ।

यी उपायहरूबाट के हुन्छ फाइदा ?

यी दुवै उपायको सबैभन्दा ठूलो फाइदा यही हो कि यिनीहरू प्राकृतिक र सुरक्षित छन् । यी उपायहरू नियमित रूपमा अपनाउनाले दिमाग र शरीर बिस्तारै सुत्नको लागि तयार हुन थाल्छ । यसो गर्दा अनिद्राको समस्या कम हुन्छ र तपाईं ताजा निद्रा पाउन सक्नुहुनेछ ।

अन्य सुझावहरू

– सुत्नुअघि मनतातो दूध पिउनाले पनि निद्रामा सुधार हुन्छ ।

–आफ्नो सुत्ने समय नियमित राख्नुस् र हरेक दिन एउटै समयमा सुत्ने प्रयास गर्नुस् ।

–सुत्ने कोठाको वातावरण शान्त र आरामदायक राख्नुस् ।

आफ्नो रातिको दिनचर्यामा यी दुई साधारण बानीहरू समावेश गर्ने हो निश्चित रूपमा राम्रो निद्रा पाइनेछ । निद्रा ठीक भएपछि दिनभरको थकान र तनावबाट मुक्ति पाउन सकिनेछ । ताजा र ऊर्जाले भरिएको महसुस गर्नुहुनेछ ।

(अस्वीकरण (Disclaimer):  यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप