कञ्चनरुप क्षेत्रका एक हजार घर डुबान

राजविराज । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन् । नगरपालिका–१, बैरवामा वर्षाका कारण २८ घरमा पूर्ण क्षति भएको छभने करिब सात सय घर डुबानमा परेका छन् ।
वर्षाका कारण स्थानीय रफिद मंसुरीको घर र भान्सा भत्किएको छ । स्थानीय सामाजिक अभियन्ता भोला पासवानकानुसार यहाँ सात सय घर प्रभावित भएका छन् । यहाँका सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोल डुबानमा परेका उनले बताए ।
यस्तै, कञ्चनरुप नगरपालिका–२ स्थित यादव बस्ती र मुस्लिम बस्तीका करिब सय बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ । त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको स्थानीय मोइम शेखले जानकारी दिए । यी ठाउँमा कोशी नदी, सुन्दरी खोला तथा मोहुली नदीमा आएको बाढी पसेको जनाइएको छ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ । कार्यालयको परिसर तथा विभिन्न कोठामा पानी पसेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिए । कार्यालय डुबानमा परेपछि दैनिक कामकाज प्रभावित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत
-
स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?