आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कञ्चनरुप क्षेत्रका एक हजार घर डुबान

आइतबार, १३ असोज २०८१, २२ : ५३
आइतबार, १३ असोज २०८१

राजविराज । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन् । नगरपालिका–१, बैरवामा वर्षाका कारण २८ घरमा पूर्ण क्षति भएको छभने करिब सात सय घर डुबानमा परेका छन् ।

वर्षाका कारण स्थानीय रफिद मंसुरीको घर र भान्सा भत्किएको छ । स्थानीय सामाजिक अभियन्ता भोला पासवानकानुसार यहाँ  सात सय घर प्रभावित भएका छन् । यहाँका सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोल डुबानमा परेका उनले बताए ।

यस्तै, कञ्चनरुप नगरपालिका–२ स्थित यादव बस्ती र मुस्लिम बस्तीका करिब सय बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ । त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको स्थानीय मोइम शेखले जानकारी दिए । यी ठाउँमा कोशी नदी, सुन्दरी खोला तथा मोहुली नदीमा आएको बाढी पसेको जनाइएको छ । 

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ  । कार्यालयको परिसर तथा विभिन्न कोठामा पानी पसेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिए । कार्यालय डुबानमा परेपछि दैनिक कामकाज प्रभावित भएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप