विपद्मा फसेका पर्यटकको अवस्था बुझ्ने जिम्मा पर्वतारोहण संघलाई
आइतबार, १३ असोज २०८१, २१ : २०

काठमाडौँ । सरकारले विपद्मा फसेका अवस्था बुझ्ने जिम्मा पर्वतारोहण संघ (एमएएन) लाई दिएको छ । पर्यटन विभागका महानिर्देशकको नेतृत्वमा बसेको पर्यटकको खोज उद्दार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले पर्यटकहरुको अवस्था बुझ्न एमएएनको नेतृत्वमा अनुगमन गर्ने निर्णय गरेको हो ।
बैठकले पर्यटकहरुको उद्दार उडानका लागि अनुमति लिँदा झन्झटिलो प्रक्रिया रहेको भन्दै उक्त प्रक्रिया छोट्याउन तथा निषेधित क्षेत्रको सम्बन्धमा पुनरावलोकन गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
अहिले गोरखाको मनासलु र सोलुखुम्बुको लुक्लामा धेरै पर्यटकहरु फसेको अनुमान गरिएको छ । तर, भौगोलिक कठिनाइका कारण हालसम्म यसको विवरण प्राप्त हुन नसकेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव