नेकपा (बहुमत) निकट विद्यार्थी बाढी प्रभावित विद्यालयको सरसफाइमा

काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले बाढी प्रभावित विद्यालयको सरसफाइ गरेको छ । वर्षाका कारण डुबानमा परेका काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेत मावि, कलङ्कीमा रहेको ज्ञानोदय मावि लगायतका विद्यालयको सरसफाइ गरेको हो ।
बाढी पसेर विद्यालय सञ्चालन गर्ने अवस्था नै नभएपछि अखिल (क्रान्तिकारी) ले सरसफाइ गरेको हो । आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सरसफाइ गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
बिहानदेखि सरसफाइ गरेर विद्यालय सञ्चालनको अवस्थामा पुर्याइएको क्रान्तिकारीले जनाएको छ । सरसफाइपछि भोलिदेखि विद्यालय सञ्चालन हुनेछन् । अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्लाका अध्यक्ष हस्त विकले सङ्गठनका केन्द्रदेखि इकाई सम्मका सम्पूर्ण नेता तथा कार्यकर्ताको सक्रियतामा सरसफाइ गरिएको बताए ।
काठमाडौँभित्रकै विभिन्न विद्यालयहरू डुबानमा परेको भन्दै तत्काल विद्यालयको पठनपाठनका लागि सरसफाइ गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको रहस्यमय मौनता
-
एनएसएलको आउँदो सिजनका लागि सी-श्रेणी ड्राफ्ट खेलाडीहरूको घोषणा
-
ग्लोबल म्याथ डिबेट लिगमा चम्किए नेपालका युवा गणित बहसकर्ताहरू
-
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालय कमजोर र निरीह भयो : आङ्बो
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ