सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

अमेरिकाबाट काठमाडौँका लागि उडे ओली

आइतबार, १३ असोज २०८१, २१ : ०७
आइतबार, १३ असोज २०८१

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । 

उनी आइतबार अमेरिकाबाट  कतारको दोहाका लागि प्रस्थान गरेका छन् । उनी दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।

ओली असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । यस्तै उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनपछि केही भेटघाट र अन्तर्क्रियामा रहेका ओली बाढी पहिरोका बिच पनि स्वदेश फर्किन हतार नगरेको भन्दै आलोचना समेत भएको थियो । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै स्वदेश फर्किन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप