आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक एकतर्फी सञ्चालन

आइतबार, १३ असोज २०८१, २० : ३६
आइतबार, १३ असोज २०८१

हेटौंडा । चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक एकतर्फी सुचारु भएको छ । पहिरोले अवरुद्ध भएको उक्त सडक आइतबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्डकको पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । बिहीबारदेखि अविरल परेको वर्षाका कारण सो सडक खण्ड अन्तर्गतको विभिन्न स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प भएको थियो ।

हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै पालुङ बज्रबाराही चित्लाङ–चन्द्रागिरि–काठमाडौँ यात्रा गर्न सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यससँगै हेटौंडा काठमाडौँ सडक सञ्जाल सम्पर्क जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप