आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सम्मेलन

अखिल क्रान्तिकारीमा उमेरहदबारे बहस

आइतबार, १३ असोज २०८१, २० : १३
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रमा कतिपयले उमेरहद राख्न नहुने सुझाव दिएका छन् । आइतबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु भएको बन्दसत्रमा कतिपयले उमेरहद राख्न नहुने सुझाव दिएको एक पदाधिकारीले जानकारी दिए । 

ती पदाधिकारीका अनुसार ५ वटा ग्रुपले उमेरहद राख्न जरुरी नभएको धारणा राखेका थिए । दुईवटा ग्रुपले मत विभाजन गर्नु र उमेरहद लगाउनुपरे २८ वर्ष राख्नुपर्ने मत राखेका थिए । ३ वटा ग्रुपले  २८ वर्ष उमेरहदल राख्नुपर्ने पक्षमा उभिएका थिए । 

उमेरहद जरुरी नभएको पक्षमा मधेस प्रदेशका नेता रामपुकार यादव, प्राविधिकधारतर्फ क्याम्पसबाट अनिस बलसाडी, लुम्बिनी प्रदेशबाट महेश बस्नेत उभिएका थिए । कार्णालीका समूह नेता निराजन केसीले उमेरहद २३ औंबाट लागु हुने हो कि २४ औंबाट हुने हो भन्ने प्रश्न उठाएका थिए । छलफलबाट २८, ३२ र ३५ उमेरहद लगाउनुपर्ने सुझाव आएको धारणा राखेका थिए । 

यस्तै लुम्बिनी प्रदेश समूहका नेताले नियमित सम्मेलन र अनिवार्य निर्वाचनको पक्षमा मत आएको  बताएका थिए । कोशी प्रदेशका समूह नेता नयन राईले उमेरहदबारे मत विभाजन गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै बागमती प्रदेशका नेता  मिलन लामाले  उमेरहद लागु गर्ने वा नगर्ने निर्वाचनबाट टुङ्याउनु पर्ने, यदि उमेरहद लगाउनु परे २८ वर्ष हुनुपर्ने धारणा राखेका थिए । 

सुदूरपश्चिमका तिलक मालले उमेरहद यसै सम्मेलनबाट २८ वर्ष लगाउनुपर्ने पक्षमा रहेको धारणा राखेका थिए । 

यसैगरी उपत्यका विशेष प्रदेशका नेता टोपेन्द्र वलीले उमेरहदबारे २८, ३२ र ३५ वर्ष हुनुपर्ने सुझाव आएको बताएका थिए । अधिकांशले नियमित सम्मेलन र निर्वाचनको पक्षमा मत आएको धारणा राखेका थिए । छलफलबाट आएको सुझाव सम्बन्धमा सोमबार जवाफ दिएपछि परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप