झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो
_hEC3KHqvY7.jpg)
काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । उद्धारकर्ताहरुले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको उनको भनाइ छ । पहिरो गएपछि शनिबारदेखि त्रिभुवन राजपथ अन्तरगतको उक्त सडक अवरुद्ध थियो ।
शनिबार बिहान गएको पहिरोमा गाडीहरू पुरिएका थिए । उद्धारकर्ताहरूले आइतबार साँझसम्म ३५ जनाको शव फेला परेको जनाएका छन् ।
पहिरोमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो । यस्तै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ना४ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा परेको थियो । यसैगरी बा१प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।
पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए ।
पहिरोमा पुरिएकाहरूको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरेको हो ।
सडक खुलेसँगै जामका बिच सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज