के सुनविना बिहे सम्भव छैन ?
एकाबिहानै कुनै कामले म छिमेकी आन्टीकहाँ घरमा जाँदै थिएँ । त्यहाँ अंकल र आन्टी बोलिरहनुभएको थियो— अलिअलि घर–सल्लाहजस्तो, कताकता झगडाजस्तो पनि लाग्थ्यो ।
म पुगेपछि सोधेँ— के भो ! किन यसरी कराउनु भाको आन्टी ?
कुरा बुझ्दै जाँदा उहाँहरूको घरझगडा सुनको भाउलाई लिएर रहेछ । छोराको बिहे गर्ने बेला भएको रहेछ, यता सुनको भाउ अकासिँदै गइरहेको छ । आन्टीको चाहना रहेछ, रिनै खोजेर भए पनि केही तोला सुन जोड्ने ।
अंकल पहिलेकै ऋणको ब्याज बढेको कुरा गर्दै हुनुहुन्थ्यो । मेरो सल्लाहले नभ्याउने झगडा रहेछ, म आफ्नो काम सकेर बाटो लागेँ ।
केही दिनअघि एक शिक्षकले पनि यस्तै कुरा गर्दै थिए । बिहे गर्न लागेका उनलाई सुन कसरी कति जोड्ने भन्ने चिन्ता रहेछ । उनी भन्दै थिए— एकसरो गहना त चाहिएला, आजकलका केटी गहना नभए मन दुखाउँछन् । सुहाउँदो गहनासहित बिहे गर्दा थोरैमा पनि १२–१५ लाख लाग्छ । बिहे त गरौँला, भोलिपल्टदेखि रिन र ब्याजको चिन्ताले सताउँदा के गर्ने ? सुनकै चिन्ताले गर्दा बिहे नगरी बस्ने मन भएको छ ।
चिनजानको एउटा भाइ पनि बिहे खर्च जुटाउन खाडी जाने कुरा गर्दै थियो ।
यी घटना सम्झेर म सोच्न बाँध्य भएँ— के बिहेका लागि सुन अनिवार्य हो ? सुनविना बिहे हुनै सक्दैन र ?
अचेल मेरो मनमा प्रश्न आउन थालेको छ— होइन, सुनविना बिहे गर्दा चाहिँ फरक पर्छ ? बिहेमा सुनलाई यति महत्त्व किन दिनुपरेको होला ? हुनेले सुन लगाऊन्, देखाऊन् । तर बिहेमा रिनै गरेर सुन लगाउनैपर्छ भन्ने छैन । समाजले जेसुकै भनोस्, नयाँ पुस्ताले आँट गर्नैपर्छ, सुनविनै बिहे गर्न ।
अचेल बिहेमा प्रयोग हुने सुनलाई लिएर चिन्ता निकै बढेका छन् । जो पनि भन्छन्— सुनै महँगो ! सुनैले खायो, ८–१० वा १२–१५ लाख । यति सुन पनि नकिने समाजले के भन्ला भन्ने डर !
सुनविना बिहे गर्ने आँट गरेको प्रायः देखिँदैन, उही भागी बिहे गर्नेले बाहेक ।
अचेल मेरो मनमा प्रश्न आउन थालेको छ— होइन, सुनविना बिहे गर्दा चाहिँ फरक पर्छ ? बिहेमा सुनलाई यति महत्त्व किन दिनुपरेको होला ? हुनेले सुन लगाऊन्, देखाऊन् । तर बिहेमा रिनै गरेर सुन लगाउनैपर्छ भन्ने छैन । समाजले जेसुकै भनोस्, नयाँ पुस्ताले आँट गर्नैपर्छ, सुनविनै बिहे गर्न ।
केटाकेटीको भावना मिल्छ, जीवन चल्छ, अरु कुरा पुगेकै छ वा पुर्याउन सकिन्छ भने सुनको चिन्ता किन ? अचेल समाज यस्तो भएको छ कि संस्कार र संस्कृतिका नाममा लाखौँ खर्च गर्छ । गाउँघरमै कुनै पूजा–अनुष्ठान गर्दा, बर्थडे आदि गर्दा लाख वा डेढ लाखसम्म खर्च गर्ने बढेका छन् ।
होइन, हामीले कहिलेसम्म देखासिकी गर्ने ? कहिलेसम्म रुढीवादी कुरा वा परम्परा मान्ने ?
बिहेको सन्दर्भमा मलाई लाग्छ, जीवनमा चाहिने त असल जीवनसाथी हो । एकअर्काका लागि असल जीवनसाथी पाइन्छ भने ठुलो खर्च नगरी बिहे गरे भो ।
आफ्नो बिहेका लागि आफैँ कमाउन सकिन्छ भने खर्च गर्दा भयो । त्यस्तो अवस्था छैन भने पनि चिन्ता नहुने वातावरण बनाउनुपर्नेछ । बिहे गर्ने भनेको समाजलाई देखाउन होइन, समाजलाई देखाएर केही हुँदैन, जति समाजलाई देखाए पनि दुःख आफैँसँग हुन्छन् ।
मलाई थाहा छैन मैले भनेजसरी बिहे गर्न हाम्रो समाजमा सम्भव छ या छैन । मलाई के लाग्छ भने, सकिँदैन भने सुनलाई महत्त्व दिन जरुरी छैन । जीवनमा हामीले महत्त्व दिनुपर्ने विषय धेरै छन् । मानिसले बिहे गर्ने दुःखसुख बाँडेर जुनी काट्न हो । त्यसपछि सन्तानको दायित्व थपिएला ।
मैले समाजमा धेरै देखेकी छु— मानिसहरू छोरीछोरीको बिहेमा कति खर्च आउला भनी डराइरहेका हुन्छन् । अझै कुनै न कुनै रूपको दाइजो प्रथा पनि समाजमा विद्यमान छ । घरमा सम्पत्ति छ भने छोरासरह छोरीलाई दिनु स्वाभाविक हक हो । तर ज्वाइँ वा केटा पक्षले नै सुन, मोटरसाइकल, घडेरी मागेको पनि समाचार सुनिन्छन् ।
केही चेतनशील युवाले सुन र दाइजोलाई महत्त्व नदिई बिहे गर्ने हिम्मत गर्नैपर्छ । समाजमा परिवर्तन ल्याउने युवाले नै हो । समाज बदल्न युवाहरूले आँट गरेनन् भने कसले गर्ने ?
प्युठान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत