आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

माओवादी केन्द्रले बाढी, पहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

आइतबार, १३ असोज २०८१, १९ : २७
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बाढी, पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क राख्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकले मौसम पूर्वानुमान अनुसार बाढी, पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । 

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप