आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

त्रिवि योजना निर्देशनालयको निर्देशकका लागि ५ जना सर्टलिस्टमा

आइतबार, १३ असोज २०८१, १९ : २२
आइतबार, १३ असोज २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशकका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ । छनौट समितिले आवेदन परेका ८ जनामध्ये वर्णानुक्रमअनुसार ५ जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।

जसमा प्राडा नारायण प्रसाद बेल्वासे, डाक्टर प्रेम बहादुर थापा, डाक्टर लक्ष्मीकान्त शर्मा, प्राडा शोभाकान्त लामिछाने र प्राडा ज्ञानबहादुर थापा रहेका छन् ।

निर्देशकका लागि सर्टलिस्टमा परेका बाहेक प्राडा एकारत्न आचार्य, डा. होम बहादुर बाँनिया, डा. खोमराज खरेलले आवेदन दिएका थिए ।

आवेदन परेकाहरूमध्ये त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद १० को ५(ख) बमोजिम सर्टलिस्ट निकालेको हो ।

सर्टलिस्टमा परेकाहरूको असोज १५ गते दिउँसो १ बजेदेखि प्रस्तुति र अन्तर्वार्ता हुनेछ ।

त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय अन्तर्गत योजना आयोगको निर्देशनालयको निर्देशक छनौट समितिले भदौ १७ गते सूचना जारी गर्दै निर्देशकका लागि आवेदन माग गरेको थियो ।

GYpUwXiboAAdufV

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप