आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘पूर्ण बहादुरको सारङ्गी’ गीत ‘दाहिने हातैमा’

आइतबार, १३ असोज २०८१

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । 

गीतले चलचित्रका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टटीँदै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ ।

गीतले दुःख मात्रै होइन, प्रेमको कुरापनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग समेटेको छ । चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार गीतमा देखिएका छन् । यसअघि चलचित्रको ‘काँधेकुरी’ गीत सार्वजनिक भएको थियो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘पूर्ण बहादुरको सारङ्गी’ कात्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया