फोटोफिचर
खचाखच आन्तरिक टर्मिनल, एकै दिन १५६ वटा उडान
आइतबार, १३ असोज २०८१, १९ : १५
![खचाखच आन्तरिक टर्मिनल, एकै दिन १५६ वटा उडान](https://npcdn.ratopati.com/media/news/airport-2_Hh3BM1TH0m.jpg)
काठमाडौँ । आइतबार मौसम अनुकूल भएपछि अविरल वर्षाका कारण ३ दिन सम्म रोकिएको आन्तरिक उडान आजदेखि सुरु भएको छ। हाल आन्तरिक उडानतर्फको कक्षमा यात्रुहरूको निकै ठुलै भिड छ।
अत्यधिक उडान चाप ले ५-६ घण्टासम्म पनि उडान ढिलो भएको र कति यात्रुलाई आज उडान हुन नसक्ने भन्दै फिर्ता पनि पठाइएको यात्रु हरूको आरोप छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै सङ्ख्यामा अवतरण हुने तालिका तय भएको थियो। खराब मौसम हुँदा पछिल्लो तीन दिनदेखि हुन नसकेको र रोकिएका उडानका कारण आइतबार उडानमा चाप बढेको शेर्पाले बताए।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य