वर्षाका कारण अन्तर्राष्ट्रिय उडान छुटेका निगमका यात्रुलाई निःशुल्क टिकट
आइतबार, १३ असोज २०८१, १९ : ००

काठमाडौँ । अविरल वर्षाका कारण नेपाल वायु सेवा निगमको टिकट लिएर उडान छुटेका यात्रुहरूलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । काठमाडौँबाट २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण उडानहरू छुट्न गएका यात्रुहरूका लागि यो सुविधा लागु हुनेछ ।
प्रवक्ता रमेश पौडेलले ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले यथाशीघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा
-
लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति