राहत र उद्धारमा जुट्न पूर्वमुख्यमन्त्री शेरधन राईको अपिल

विराटनगर । बाढी पहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटी इन्चार्ज समेत रहेका राईले कोशी प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो अपिल गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै नेता राईले जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन समेत आग्रह गरे । प्रदेशका विभिन्न स्थानमा भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै उनले घाइतेहरूको उपचार र बेपत्ताहरूको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
‘घाइतेको उद्धार, उपचार तथा मृतकका परिवारहरूलाई राहत तथा पुनर्स्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ । सडक तथा पुलहरू बाढीले बगाएको भन्दै उनले तत्काल पुन निर्माण गर्न समेत ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर