आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाढीमा परेर सुकुटेमा कोरियाली नागरिकको मृत्यु

आइतबार, १३ असोज २०८१, १८ : ५४
आइतबार, १३ असोज २०८१

काठमाडौँ । शुक्रबार र शनिबारको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीमा परी एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । पर्यटक प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुकुटेस्थित सिन्धु बिच रिसोर्टमा रहेका ३५ वर्षीय यु उ सान योङ नाम गरेका पुरुषको मृत्यु भएको हो ।

ती व्यक्तिको शव प्राप्त भए पनि थप पोस्टमार्टमका लागि ल्याउन नसकिएकोले पर्यटक प्रहरीका सहायक निरीक्षक अविश थापाले जानकारी दिए । सो स्थानमा अरू केही विदेशी नागरिकलाई भने उद्धार गरिएको जानकारी प्राप्त भएको बताए ।

त्यसबाहेक सोलुखुम्बुको लुक्ला, गोरखाको मनासलु लगायत ठाउँमा केही पर्यटकहरू फसेको सूचना आए पनि त्यसको यकिन तथ्याङ्क आई नसकेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप