सप्तकोशी ब्यारेजबाट आवत–जावत खुला

विराटनगर । पानीको बहाव उच्च हुँदै गएपछि शनिबार साँझदेखि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ ।
ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव ६ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवत–जावत गर्न शनिबार बेलुका ४ बजेदेखि अनिश्चित कालका लागि बन्द गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव कम भएको र ब्यारेजमा थुप्रिएको फोहोर सफा गरिसकेको कारण आइतबार साँझदेखि आवतजावत खुल्ला गरिएको बताए ।
साँझ गरिएको पानीको मापन अनुसार सप्तकोशीमा अहिले ३ लाख ५० हजार क्युसेक पानीको बाहब रहेको छ । आइतबार बिहान पानीको बहाव ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । त्यसपछि निरन्तर पानीको बहाव घटिरहेको छ ।
यसैबिच अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिबार बिहानदेखि फसेकाहरु सकुशल रहेका छन् । वराहक्षेत्र २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदीक्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरु शनिबार कोशीमा पानी बढेसँगै त्यही अड्किएका थिए । उनीहरुको अवस्थाबारे नेपाली सेनाको टोलीले आज बिहानै बोटबाट त्यहाँ पुगेर बुझेको थियो । उनीहरु शनिबार भने उनीहरुको उद्धार हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस