सशस्त्र प्रहरीका दुई बसले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउने
आइतबार, १३ असोज २०८१, १८ : ४४
_hEC3KHqvY7.jpg)
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका दुई बसले झ्याप्ले खोलाको पहिरोले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँसम्म ल्याउने भएका छन् । आइतबार सूचना जारी गर्दै सशस्त्र प्रहरी ले अलपत्र यात्रुलाई दुई वटा बसबाट काठमाडौँसम्म ल्याउने जनाएको हो ।
त्यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोल खटाएको जनाइएको छ । ४० सिट क्षमताका दुई वटा बसले झ्याप्ले खोलाबाट काठमाडौँसम्म ल्याउने सशस्त्र प्रहरीले जनाएको छ ।
धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएका ३५ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न