फोटोफिचर
प्लास्टिक फल्ने रुख !
आइतबार, १३ असोज २०८१, १८ : २२
![प्लास्टिक फल्ने रुख !](https://npcdn.ratopati.com/media/news/plastic_xVFXoAQUWP.jpg)
काठमाडौँ । शनिबार आएको विनाशकारी बाढीले बगाएर ल्याएका प्लास्टिक जन्य फोहोर अहिले खोला किनारका रेलिङ र संरचनामा अड्किएर बसेका छन् ।
करिडोर क्षेत्रको सुन्दरता थप्नको लागि बनाइएका पार्कमा रोपिएका बिरुवामा पानीको सतह घटेपछि अड्किएका फोहोर देखिन थालेका छन् । ती मध्ये पनि धेरै प्लास्टिकजन्य फोहोर छन् । झट्ट हेर्दा ती रुखहरू प्लास्टिक फल्ने रुख जस्ता देखिन्छन् । तस्बिरहरू :